एमाले केन्द्रिय कमिटी बैठक : नेपाल पक्षका नेतालाई पठाइयो पत्र

काठमाडौं । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएपछि एमाले केन्द्रिय कमिटीको बैठक पहिलो पटक शुक्रबार बस्दैछ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि केन्द्रिय कमिटीको बैठक बोलाइएको छ ।
भोली बस्ने केन्द्रिय कमिटी बैठकको लागि एमालेले पार्टीका वरिष्ठ नेता मावध कुमार नेपाल पक्षका नेतालाईसमेत केन्द्रिय कमिटी बैठकको निम्तो दिइसकेका छ ।
एमाले केन्द्रिय पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङका अनुसार एस्एमएस र मेलबाट पत्र पठाइ सकेको छ । फेरी एक पटक एस्एमएस पठाउने तामाङले बताए । केन्द्रिय कमिटी बैठकको लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेपालसहितका नेतालाई निम्तो दिइएको छ ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले ९औं महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाएका थिए । त्यसपछि एमालेमा विवाद हुँदै आएको थियो । पार्टीको विवाद मिलाउन र सर्वोच्च अदालतले उक्त कमिटीलाई मान्यता नदिएपछि एमालेले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रिय कमिटीमा रुपान्तरण गरेको हो ।
तर, अवैध मानिएको कमिटीले माओवादी खेमाका चार र ३ जेठमा स्थायी कमिटीमा थपिएका केही नेतालाई स्थायी कमिटीमा थपिएको छ । जसले गर्दा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष ससंकित भएको छ । नेपाल पक्षले २ जेठ २०७५ को अवस्थामा बैठक बसेर मात्रै अरुलाई कहाँ थप्न सकिन्छ थप्नु पर्ने माग राख्दै आएको छ ।
एमालेले पार्टीको केन्द्रिय कमिटी बैठक बोलाएपछि दुवै पक्षका नेताहरु छलफलमा जुटेका छन् । यस्तै नेपाल पक्षको स्थायी कमिटी बैठक बसी रहेको छ । नेपाल पक्षले स्थायी कमिटीको बैठकले केन्द्रिय कमिटीको बैठकमा जाने वा नजाने भन्ने विषयमा निर्णय गर्ने छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया