सार्वजनिक यातायात खुलेसँगै यात्रु ठगी बढ्याे

काठमाडाैं । उपत्यकामा सवारी सञ्चालन भएसँगै यातायातकर्मीहरु यात्रु ठगी गर्न थालेका छन् । बुधबार मात्रै ठगी गर्ने केही यातायातका कर्मचारीलाई पक्राउ गरी कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज पनि आठ जनालाई पक्राउ गरी कारवाही गरेको छ ।
उनीहरुले उपत्यकाको विभिन्न स्थानबाट यात्रुसँग तीन गुणा बढीसम्म भाडा लिइ ठगी गरेको फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा टिकट काउण्टरका कर्मचारीदेखि तथा निजी सवारी साधनका चालकसमेत रहेका छन् । मुलुकमा हवाई यातायातसमेत सञ्चालन भएसँगै उपत्यका बाहिरिने भित्रिने यात्रुहरु बढ्न थालेपछि यातायातको प्रयोगमा बृद्धि भएको छ ।
वैदेशिक रोजगारबाट आएका र उपत्यका बाहिरका जिल्ला जाने अधिकांश यात्रु यातायातकर्मीबाट ठगिन थालेपछि ट्राफिक प्रहरीले विशेष जाँच थालेको छ । “जारी निषेधाज्ञा खुकुलो हुन थालेसँगै पुनः यात्रुहरु ठगीन सक्ने र यात्रुहरुलाई समस्या पर्न सक्ने कुरालाई मध्यनजर गरी छुट्टै टोली परिचालन गरेका छौँ, टोलीले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्य रुपमा बुझ्ने, निगरानी गरी यात्रुसँग बढी भाडा लिएका व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको छौँ”, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने ।
ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र १–०१–००ज ३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ बर्षीय पुण्यप्रसाद गिरी, बा २० च २४२ नम्बरका गाडी चालक गोर्खा च्याङ्लीका ३८ वर्षीय सन्तबहादुर कुमाल र मे १ज २९९३ नम्बर गाडीका चालक खेमबहादुर पाँचकोटीलाई यात्रुसँग बढी भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरी कारबाहीका लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।
त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुर बस्ने वर्ष ४६ का राजीव हिङ्गजुलाई बा१७च ५००१ नम्बरको स्कर्पियोसहित प्रयोजन विपरीत भाडामा यात्रु बोकेको अबस्थामा नियन्त्रणामा लिएको हो । सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ बर्षे सञ्जय खड्कालाई समेत यात्रुसँग बढी भाडा लिदै गरेको अबस्थामा नियन्त्रणमा लिइ प्रहरी वृत्त सातदोबाटोमा बुझाइएको छ ।
अन्य पक्राउ पर्नेमा कलङ्कीबाट बा १४ च ४२८६ नम्बरको गाडी चालक कन्चनपुरका अम्मर ऐर, बा ६ च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ वर्षीय श्याम मछ्या र मित्रपार्कबाट को २ च २५८२ नं को मारुती भ्यान चालक धनकुटाका हरेन्द्र बुढाथोकी रहेका छन । ट्राफिक प्रहरीले निरन्तर अनुगमन एब गोप्य निग्रानी गरिरहेको र तोकिएको भन्दा बढी भाडा लिएमा वा निजी गाडीले भाडामा यात्रु ओसारपसार गरेको पाइए नियन्त्रणमा लिइ आवश्यक कारबाही गर्ने चेतावनी दिएको छ । रासस
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया