भक्तपुरमा प्रदेश सरकारका योजना सम्पन्न

भक्तपुर । वागमती प्रदेश सरकारको विकास निर्माणका योजनाअन्तर्गत भक्तपुरको मध्यपुरथिमिमा विभिन्न योजना सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा छ ।
प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठको पहलमा भएका विकास निर्माणकार्यअन्तर्गत मध्यपुरथिमि–४ स्थित बालकुमारी उकालोबाट इकुडोल वप्पामार्गको सुधारकार्य सम्पन्न भएको छ ।
वागमती प्रदेश सशर्त अनुदान कार्यक्रमअन्तर्गत २५ लाख लागतमा बाटो ढलान गर्ने काम सम्पन्न गरिएको उक्त मार्ग सुधार उपभोक्ता समितिका अध्यक्ष प्रदीपजामन श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी मध्यपुरथिमि–२ को टिआइटीआइबाट वडा कार्यालय जाने १० मिटर चौडा बाटोमा ठूलो पाइपको ढल बिछ्याएको छ ।
करिब ४५० मिटर लामो उक्त बाटोमा उपभोक्ता समितिबाट करिब सात लाख सङ्कलन गरी ढल राखिएको समितिका अध्यक्ष हेमराज गौतमले बताए । उनले सो बाटोमा नगरस्तरीय बजेटमार्फत आगामी वर्ष कालोपत्र गर्ने लक्ष्य राखिएको बताए ।
प्रदेशको सशर्त अनुदान कार्यक्रमअन्तर्गत नै मध्यपुरथिमि–१ लोकन्थलीका विभिन्न भित्री बाटोमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ । लोकन्थलीको गणेशमार्गका भित्री तीन फिटदेखि आठ फिट चौडाका बाटोमा करिब २५ लाखको लागतमा ढुङ्गा छाप्ने काम सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष शिवहरि प्रजापतिले जानकारी दिए ।
गत वर्ष सो क्षेत्रका बाटोमा ढुङ्गा छाप्ने काम भएको थियो । ढुङ्गा छपाइकार्यले स्थानीय केही बासिन्दाको घरभित्र वर्षायाममा पानी पस्ने समस्या हल भएको स्थानीयवासी रोशनभक्त श्रेष्ठले बताए ।
प्रदेश सरकारकै आर्थिक सहयोगमा मध्यपुरथिमि नगर क्षेत्रभित्र एक दर्जन बढी ठाउँमा सडकको स्तरोन्नति, व्यवस्थित ढल निकास, अतिविपन्न आवास निर्माणदेखि नारायणविलाश जोशी स्मृति भवनको निर्माण अन्तिम चरणमा पुगेको प्रदेशसभा सदस्य डा. श्रेष्ठले बताए ।
प्रदेश सरकारकै सशर्त अनुदान कार्यक्रमअन्तर्गत मध्यपुरथिमिमा निर्माण भइरहेका अतिविपन्न आवास कार्यक्रमअन्तर्गत चारवटा एकतले घरको समेत निर्माण सम्पन्न भएको डा. श्रेष्ठले बताए ।










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया