एमाले भित्रको विवाद
अध्यक्ष ओली र नेता नेपालबीच मध्यरातमा टेलिफोन वार्ता
अझै मिलेन कुरा, नेपाल पक्षलाई फकाउने प्रयास जारी, दुवै तर्फका दोस्रो तहका नेताहरु फेरि छलफलमा जुट्दै

काठमाडौं । नेकपा एमालेले आज विहान ११ बजे बोलाएको केन्द्रीय कमिटि बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफैले माधवकुमार नेपाललाई टेलिफोन गरी बैठकमा सहभागी हुन आग्रह गरेको खुलेको छ ।
ओलीले पार्टी २०७५ जेठ २ मा फर्किसकेकोले अब बैठकमा आउन र बैठकबाटै सबै समस्याको समाधान खोज्न नेपालसँग आग्रह गरेका हुन् ।
नेपाल समुहले हिजो आफु निकट स्थायी समिति सदस्यहरुको बैठक राखेर अझै सहमतिको प्रयास जारी राख्ने , तर त्यसका लागि शीर्ष तहमा सम्वाद गरेर प्याकेज सहमतिको खोजी गर्ने तर यतिकै भरमा आजका लागि बोलाएको केन्द्रीय समिति बैठकमा नजाने निष्कर्ष निकालेको थियो ।
त्यसपछि पनि ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरुको कार्यदलस्तरको छलफलमा अझै सम्वाद आवश्यक रहेको र शीर्ष नेताहरुकाबीचमा संवाद जरुरी रहेको भन्दै केन्द्रीय समिति बैठक केही दिन स्थगित गर्न र पछि सार्न नेपाल पक्षले आग्रह गरेका थिए ।
तर बैठक रोकेर जान नसकिने ओली पक्षका नेताहरुको अडान थियो । त्यसपछि भने ओली र नेपालकाबीचमा टेलिफोन सम्वाद भएको हो ।
टेलिफोन सम्वाद भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरवहादुर तामाडले पनि जानकारी दिए ।
प्रधानमन्त्री र नेता माधव नेपालबीच हिजै राती टेलिफोनमा सम्वाद भएको छ, आज पनि बैठक अगाडी फेरि एक चरण नेताहरु छलफलमा बस्दै हुनुहुन्छ, नेता तामाडले मेरोन्यूजसँगको कुराकानीका क्रममा भने ।
















आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया