बामदेव गौतमलाई स्वागत गर्दै ओलीले भने : आयो, गयो नहोस्
मेरोन्यूज
२०७८ असार १८ गते १४:००

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई पार्टीको केन्द्रीय कमिटी बैठकमा स्वागत गरेका छन् । गौतम एमालेको आज बसेको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएसँगै उनले स्वागत गरेका हुन् ।
एमाले ओली पक्षको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बसेर आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण गरेको थियो । आजको बैठकमा गौतम उपस्थित भएका छन् । तर, वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष अनुपस्थित छन् ।
बैठकमा गौतमलाई स्वागत गर्दै ओलीले भने, ‘अलिक लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई हार्दिक स्वागत छ, यो फेरि आयो, गयो नहोस् ।’
गौतम नेकपा अनौपचारिक रुपमा विभाजन भएपछि पार्टी एकताको अभियानमा लागेका थिए । तर, सर्वोच्च अदालतले एमाले र माओवादीलाई पहिलेको अवस्थामा फर्काएपछि उनी मौन रहेका थिए ।
सम्बन्धित
















रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया