एमालेको बैठकमा बामदेव गौतमसहित ३ नेता सहभागी

काठमाडौँ । यसअघि नेकपा एमालेको केन्द्रीय कमिटीको कुनै बैठकमा सहभागी नभएका तीन नेता सहभागी भएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम, नेता हरि पराजुली र गणेश पहाडी सहभागी भएका हुन् ।
एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा अनौपचारिक रुपमा विभाजनपछि पार्टी एकताको अभियानमा लागेका गौतम बैठकमा सहभागी भएका हुन् । त्यस्तै, उनी निकट नेता पराजुली र पार्टी सचिव योगश भट्टराई निकट मानिने पहाडी बैठकमा सहभागी थिए ।
पहाडी यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषदका मन्त्री हुन् । सर्वोच्च अदालतले उनीहरूको मन्त्रीपद बदर गरिदिएको थियो । ओलीले ९ औँ महाधिवेशबाट निर्वाचित कमिटीलाई भंग गरी १० औँ महाधिवेशन आयोजक कमिटी बनाएका थिए । त्यसपछि एमालेमा विवाद हुँदै आएको थियो । गौतम योबीचमा बसेका एमालेका कुनै बैठकमा सहभागी थिएनन् ।
बुधबार बसेको १० औँ महाधिवेशन आयोजक कमिटीको बैठकमा गौतम सहभागी थिएनन् । आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछि अथवा पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएपछि गौतम पहिलोपटक बैठकमा सहभागी भएका हुन् । उनी निकटका अन्य नेता पनि बैठकमा सहभागी भएका छन् ।
तर, पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षका नेता बैठकमा सहभागी भएनन् । ओली पक्षले एकतर्फी बैठक बोलाएको भन्दै नेपाल पक्ष बैठकमा सहभागी नभएका हुन् । बिहीबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले आज बस्ने केन्द्रीय कमिटीको बैठकमा नजाने सर्वसम्मत निर्णय गरेको थियो ।
सर्वोच्च अदालतले १० औँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि र नेपाल पक्षको माग सम्बोधन गर्ने भन्दै ओलीले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपानतरण गरी केन्द्रीय कमिटीको बैठक बोलाएका थिए । ओली स्थायी कमिटी र केन्द्रीय कमिटीमा माओवादी खेमाका नेता र एमालेका केही नेतालाई मनोनित गरेपछि गत फागुन २८ को कमिटी भएको भन्दै नेपाल पक्ष बैठकमा नगएको बुझिएको छ ।
ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका नेता निरन्तर छलफलमा रहेका थिए । नेपाल पक्षका नेताले ओलीलाई भेटेर आजको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया