चोरीका १३ वटा मोटरसाइकलसहित ८ जना पक्राउ

काठमाडौं । १३ वटा चोरीका मोटरसाइकलसहित पक्राउ परेका ८ जनालाई जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रोल्पा सुनीलस्मृती गाउँपालिका–३ का ग्लोवल बजाज सभिर्सका संचालक २८ वर्षीय श्रीताज अन्सी, रोल्पाकै लुङ्ग्री गाउँपालिका–४ का २६ वर्षीय लेखनाथ विष्ट, सोहि गाउँपालिका–५ बडाचौरका २६ वर्षीय टेकेन्द्र विष्ट, वडा नम्बर–५ गुम्चालका २६ वर्षीय नुम बहादुर रोका मगर र सोहि ठाउँका २२ वर्षीय हिरा बहादुर विष्ट रहेका छन् ।
त्यस्तै भारत बलरामपरका घर भएका २२ वर्षीय मोहम्मद रफिक, दाङ घोराही उपमहानगरपालिका–१९ का १९ वर्षीय जावेद खान र प्युठान स्वर्गद्धारी नगरपालिका–३ जलुकेका २४ वर्षीय ठगीराम थापा रहेका छन् ।
पक्राउ परेका श्रीजात अन्सारी ग्लोवल बजाज सर्भिस सेन्टर सुलिचौर रोल्पाका संचालक रहेको र रोल्पामा उनले चोरीका मोटरसाइकल खरिद गर्न गिरोह परिचालन गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीमा दैनिक मोटरसाइकल चोरीका निवेदन आउन थालेपछि जिल्ला प्रहरी कार्यालय दाङले विशेष प्रहरी टोलि परिचालन गरेर चोरीमा संग्लन गिरोहलाई पक्राउ गर्न सफल भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया