निर्वाचन गर्न अर्थले दियो निर्वाचन आयोगलाई झण्डै ८ अर्ब

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च हुने भएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख खर्च गर्न सहमति दिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनमा रकम खर्च हुने छ । निर्वाचन गर्न आवश्यक निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापन गर्न उक्त रकम खर्च हुनेछ । २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मंसिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा निर्वाचनको मिति तोकिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको बताएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरी निर्वाचनको मिति तोकिएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक यजलासमा सुनुवाई हुँदै छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
प्रतिक्रिया