साढे ३ घण्टापछि कांग्रेस पदाधिकारी बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक साढे ३ घण्टापछि सुरु भएको छ । निर्धारित समयमै केन्द्रीय कार्यालय सानेपा पुगेका शीर्ष नेताहरू गुटको बैठक गर्दा बैठक साढे ३ घण्टापछि सुरु भएको हो ।
उक्त बैठक दिउँसो २ बजे बोलाइएको थियो । क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड बनाउन बोलाइएको बिहिबारका लागि डाकिएको बैठक स्थगित गरी आज (शुक्रबार ) तय गरिएको थियो ।
क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड नहुँदा समितिको काम प्रभावित भएको छ । असार २० गतेसम्म काम सक्नुपर्ने जिम्मेवारी पाएको समितिले मापदण्ड नहुँदा विवादित जिल्लाका क्रियाशील सदस्यता छानविनको काम अगाडि बढाउन सकेको छैन । आइतबारको पदाधिकारी बैठकमा समिति संयोजक रमेश लेखकले मापदण्डबारे मौखिक प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्तावमाथि शीर्ष नेताहरुबीच समान धारणा बन्न नसकेपछि थप छलफल गर्ने गरी शुक्रबार बैठक बोलाइएको हो । पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला, पुर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत रहेका छन् । क्रियाशील सदस्यता छिटो टुंग्याउनुपर्ने दवावमा कांग्रेस छ ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया