अध्यादेश अश्वीकृत गर्न जसपा सांसदको संसद सचिवालयलाई पत्र (पत्र सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् छलेर अध्यादेशबाट मुलुक चलाउन खोजेको र त्यसरी ल्याइएका अध्यादेश कतिपय असान्दर्भिक रहेको भन्दै जनता समाजवादी पार्टीका दुई सांसदले अध्यादेश अश्वीकृत गर्न संसद् सचिवालयमा पत्र दर्ता गराएका छन् ।
संघीय संसद्का महासचिव र राष्ट्रियसभाका सचिवलाई सम्बाेधन गरेर जसपाका राष्ट्रिय सभा सांसद प्रमिला कुमारी र मृगेन्द्रकुमार सिंह यादवले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८९ बमोजिम असार १७ गते सदनमा पेश भएको अध्यादेश अश्वीकृत गर्न सूचना दर्ता गराएका हुन् ।
बिहीबारबाट शुरु भएको राष्ट्रिय सभामा सरकारले यस बीचमा ल्याएका अध्यादेश टेवुल गरेको थियो । जसपाका दुई सांसदले संवैधानिक परिषद् काम कर्तव्य र अधिकार र कार्यविधिसम्बन्धी पहिलो संसोधन अध्यादेश, सपथसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, आर्थिक अध्यादेश, रेल्वे अध्यादेश, नेपाल प्रहरी, प्रदेश प्रहरी कार्य सञ्चालन अध्यादेश, विनियोजन अध्यादेश अश्वीकृत गर्न संसद् सचिवालयमा पत्र दर्ता गराएका हुन् ।
सरकारले संसद् नरहेको अवस्थामा ल्याउने अध्यादेश संसद् सुरु भएपछिको पहलिो बैठकमै टेवुल गर्नुपर्ने हुन्छ । यस अगाडि प्रतिनिधिसभामा सरकारले अध्यादेश ल्याएपनि टेवुल हुन सकेको थिएन । अहिले प्रतिनिधिसभा विघटनको अवास्थामा छ । त्यस विषयमा अदालतमा सुनुवाइको क्रममा छ । राष्ट्रिय सभा भने हिजोबाट शुरु भएको छ ।
हेर्नुहोस पत्रः
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया