मोटरसाइकल चोरीमा संलग्न आरोपमा ८ पक्राउ

दाङ । जिल्लाका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी रोल्पा र प्यूठान जिल्लामा लगेर बिक्री गर्ने गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका सुलिचौरका २८ वर्षीय श्रीताज अली अन्सारी, लुङ्गी गाउँपालिका—४ नाम्जाका २६ वर्षीय लेखनाथ विष्ट, सोही गाउँपालिका—५ बडाचौरका २५ वर्षीय टेकेन्द्र विष्ट, वडा नं ६ गुम्चालका २६ वर्षीय नुमबहादुर रोका क्षेत्री, सोही ठाउँका २२ वर्षीय हिराबहादुर विष्ट, घोराही उपमहानरपालिका—१९ का १९ वर्षीय जाबेद खान, प्युठान स्वर्गद्वारी नगरपालिका—३ जलुकेका २४ वर्षीय ठगिराम थाप र भारत बलरामपुर जिल्ला तुलसीपुर थाना बस्ने २२ वर्षीय मोहमद रफिक रहेका छन् ।
रोल्पाको सुलिचौरस्थित ग्लोबल सर्भिस सेन्टरका सञ्चालकसमेत रहेका श्रीताजअली अन्सारीले रोल्पामा चोरीका मोटसाइकल खरिद गर्ने गिरोह परिचालन गरेको तथा प्युठान जलुकेमा थापा अटोपार्टस सञ्चालन गरेका ठगिरामले चोरीका मोटरसाइकलका खरिद गरी बिक्री गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
उनीहरुले मोटरसाइकल चोरी गरी प्यूठानमा लगेर त्यसको स्वरुप परिवर्तन गरेर बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल चोरी भएको निवेदन आउन थालेपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको थियो । प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धानका क्रममा चोरी गर्ने र खरिद गर्ने गिरोहका नाइकेलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।
चोरीका विभिन्न कम्पनीका १३ वटा मोटरसाइकलसहित पक्राउ परेका सबै जनालाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया