एमालेको केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाल पक्ष अनुपस्थित
मेरोन्यूज
२०७८ असार १९ गते १६:०५

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बोलाइएको बैठक करिब ४ बजेदेखि सुरु भएको हो ।
आजको बैठकमा संगठनका गतिविधि बढाउनेबारे निर्णय लिने पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘माओवादी केन्द्रसँगको एकीकरणपछि संगठनात्मक काम केही नभएकाले त्यसबारे बैठकमा छलफल भई निर्णय हुने जनाइएको छ ।
महाधिवेशनको मिति आसन्न असोजमा सार्ने कि ०७९ जेठमा लैजाने भन्ने विषयमा समेत बैठकमा छलफल हुने भएको छ ।
बैठकमा माधव कुमार नेपाल समूहका नेताहरू उपस्थित भएका छैनन् । तर, आजै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच टेलिफोन वार्ता भएको थियो ।
सम्बन्धित
















चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया