शनिबार, मंसिर ६, २०८२

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाल पक्ष अनुपस्थित

मेरोन्यूज २०७८ असार १९ गते १६:०५
फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बोलाइएको बैठक करिब ४ बजेदेखि सुरु भएको हो ।

आजको बैठकमा संगठनका गतिविधि बढाउनेबारे निर्णय लिने पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘माओवादी केन्द्रसँगको एकीकरणपछि संगठनात्मक काम केही नभएकाले त्यसबारे बैठकमा छलफल भई निर्णय हुने जनाइएको छ ।

महाधिवेशनको मिति आसन्न असोजमा सार्ने कि ०७९ जेठमा लैजाने भन्ने विषयमा समेत बैठकमा छलफल हुने भएको छ ।

बैठकमा माधव कुमार नेपाल समूहका नेताहरू उपस्थित भएका छैनन् । तर, आजै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच टेलिफोन वार्ता भएको थियो ।

प्रतिक्रिया