राष्ट्रिय सभाको बैठक आज बस्दै, राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पेश हुने

काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । नयाँ बानेशवरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय समावेशी आयोग र समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने कार्यसूची छ ।
यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वािर्षक प्रतिवेदन २०७७/०७८ पेश गर्नेछन् ।
गत बिहीबार सुरु भएको राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो दिन आगामी आर्थिक वर्षको बजेटसँग सम्वन्धित सहित १६ वटा अध्यादेश टेबल भएको थियो ।
प्रतिनिधि सभा विघटनको अवस्थामा रहेकाले राष्ट्रिय सभाको चालु अधिवेशनले प्रभावकारी काम गर्न नसक्ने जानकारहरु बताउँछन् ।
विधेयकहरु दुबै सदनबाट पारित हुनुपर्ने भएकाले एउटा मात्र सदनको अधिवेशन आह्वान हुनुले खास अर्थ नराख्ने उनीहरुको तर्क छ । सरकारले राष्ट्रिय सभामा टेबल गरेको अध्यादेश पनि दुबै सदनबाट पारित हुनुपर्छ ।
















तीन महिनाका लागि एन्फा निलम्वन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया