प्रधानमन्त्री ओलीसँग वार्ता गर्न विप्लव नेता बालुवाटार जादै

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई वार्ता गर्न बालुवाटार जान लागेका छन् । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नेतृत्वको टोली बालुवाटार जान लागेको हो ।
सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको विप्लव पार्टी सहमति कार्यान्वयन नभएपछि ओलीसँग असन्तुष्ट भएको छ । गत फागुन २१ गते विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको थियो । सरकारसँगको सहमतिअनुसार आफ्नो नेता कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव समूह असन्तुष्ट भएको हो ।
सहमतिमा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई रिहा गर्ने भनिएको थियो । भेटमा उनीहरुले ३ बुँदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताइएको छ । प्रधानमन्त्रीसँगको भेटपछि विप्लव समूहले आजै पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय जनाइएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया