‘कलाको शहरमा कलाकै हत्या’ (फोटोफिचिर)

काठमाडौँ । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्रकला काठमाडौँ महानगरपालिकाले मेटाएपछि कलाकारहरुले विरोध प्रदर्शन गरेका छन् । आइतबार उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

दुजाङ शेर्पासहितका कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरुको सम्मानमा चित्रकला बनाएका थियो ।

तर, काठमाडौँ महानगरपालिकाले चित्र मेटाइदिएको थियो । महानगरप्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाउदै कलाकारको टोलीले पुनस् चित्र कोर्न दिन माग गरेको छ ।

चित्रकलाको परिकल्पनाकार दुजाङ शेर्पाको ज्ञापनपत्रमा वडा कार्यालयसँग अनुमति लिएर चित्रकला बनाए पनि अचानक मेटाउँदा फ्रन्टलाइनर र कलाकर्मीहरुको चित्त दुखेको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘फ्रन्टलाइनरको सम्मानमा कोरोनाविरुद्धको लडाइमा अग्रमोर्चामा रहेर काम गरेका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीको सम्मानमा बनाएको चित्र यस महानगरपालिकाले मेटाएपछि हामीहरलाई स्तब्ध बनाएको छ ।’

कलाकारको टोलीले पुनः चित्र कोर्न पाउँ भनी अनुरोध गरेको छ । प्रदर्शनका क्रममा कलाकारहरुले ‘कलाको शहरमा कलाकै हत्या ?’ भन्दै मेयर शाक्यलाई प्रश्नसमेत गरेका छन् ।



जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया