सभामुखतर्फको बहस सकियो, निवेदक पक्षबाट जवाफी बहस सुरु
मेरोन्यूज
२०७८ असार २० गते १७:०५

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीको बहस सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीलाई दुई घण्टा समय दिएको थियो ।
आइतबार सभामुखका वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ता मेघराज पोखेरल र श्रीकृष्ण सुवेदीले बहस गरेका छन् । सभामुख पक्षका कानुन व्यवसायीको बहस सकिएपछि निवेदक पक्षबाट जवाफी बहस शुरु भएको छ ।
निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले १ घण्टा जवाफ दिएका छन् । २ घण्टा दुई मिनेट समय बाँकी रहेको संवैधानिक इजलासमा सोमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफ दिनेछन् ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया