नेप्सेमा ओरालो, होटल तथा पर्यटन उपसमूहमा उत्साह

काठमाडौँ । कोरोना कहरका कारण होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यसको पुनःउत्थान हुन अझै केही वर्ष लाग्ने सम्वद्ध पक्षले बताइरहेका छन् । तर, धितोपत्र बजारमा आज भएको शेयर कारोवारले भने यो यर्थाथलाई स्वीकार गरेको छैन ।
साताको पहिलो दिन आइतबार भएको शेयर कारोवारमा होटल तथा पर्यटन उपसमूहको शेयरमा उल्लेख्य वृद्धि भएको छ । कूल १३ उपसमूहमध्ये आज १० उपसमूहको शेयर ओरालो लाग्दा तीन उपसमूहको शेयर भने उकालो लागेको छ । उकालो लागेकामध्ये सबैभन्दा बढी कमाउनेमा होटल तथा पर्यटन उपसमूह रहेको छ । सो उपसमूहको शेयर ८६.३८ बिन्दुले उकालो लागेको छ ।
ओरियण्टल होटलको मात्रै आज प्रतिकित्ता ५७ ले वृद्धि भई ७३० मा कारोबार भएको छ । यस्तै, नेप्से ओरालो लागे पनि अन्य उपसमूह १५.०१ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.४८ बिन्दुले घटेर दुई हजार ८३४.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३३ बिन्दुले घटेर ५२८.४५ मा ओर्लेको छ ।
नेप्सेको ओरालो यात्रासँगै कारोवार रकम समेत घटेको छ । कूल २२४ कम्पनीको एक करोड आठ लाख ४२ हजार २२१ कित्ता शेयर पाँच अर्ब पाँच करोड ३५ लाख ३८ हजार २५७ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल १३ उपसमूहमध्ये १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । बैंकिङ ६.९, व्यापार १७.६२, विकास बैंक ४५.४६, जलविद्युत् ३.३५, वित्त ३९.२६, निर्जीवन बीमा ११९.७९, उत्पादन २४.४२, लघुवित्त २५.८६, जीवन बीमा ४४.९९ र लगानी ०.४५ बिन्दुले ओरालो लागेको छ । कारोवार भएकामध्ये नेपाल इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ५७ लाख १६ हजार ५८९ बराबरको कारोवार भयो ।
यस्तै, नेपाल दूरसञ्चार कम्पनी १९ करोड ४६ लाख ५८ हजार, माथिल्लो तामाकोशी १६ करोड २४ लाख ४२ हजार ७३८, हिमालयन डिस्टिलरी १३ करोड ६४ लाख ६९ हजार ५११ र नेशनल हाइड्रोपावर १३ करोड ३४ लाख १६ हजार ६९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै, गुडबिल फाइनान्सको ऋणपत्रको मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
ओरियण्टल होटल ८.४७, सिइडिबि हाइड्रोपावर ७.२५, कर्पोरेट डेभलपमेन्ट बैंक ६.१६ र नेपाल फाइनान्सका शेयरधनीले ४.०३ प्रतिशतले कमाए । त्यस्तै, माछापुच्छ्रे बैंकको ऋणपत्र ५.३८, एसबिआई बैंकको ऋणपत्र ५.३६, पोखरा फाइनान्स ४.४७, गुर्खाज फाइनान्स ४.२६ र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले ४.१८ प्रतिशतले गुमाएका छन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया