माधव नेपालले प्रधानमन्त्री ओलीलाई भेट्न अस्वीकार गर्नु भयो : नेता पौडेल

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नेता माधव नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् । ओलीका विश्वास पात्र नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेसँगै यस्तो बताएका हुन् ।
नेता नेपालसँगको भेटमा पौडेलल प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गरेका थिए । तर, नेता नेपालले रूची नदेखाएको नेता पौडेलले जानकारी दिए । राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवनमा नेता नेपालसँगका भेटबारे संञ्चारकर्मीले राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन् ।
‘माधव कमरेडकोमा गएका थियौँ, म सुवास जी र शंकर जी भएर, उहाँसँग एकछिन कुराकानी भयो, हामीले के आग्रह गर्यौँ भने पार्टीलाई एकताबद्ध गरेर लिएर जाउँ,’ नेता पौडेलले भने, ‘तपाईहरू एक आपसमा बस्नुहोस्, हामी पनि आपसमा विभिन्न साथीहरूसँग छलफलमा छौँ, समाधान खोजेर अगाडि जाउँ, पार्टी अध्यक्ष र तपाईको बीचमा मिटिङ होस् भन्ने हामी चाहन्छौँ भनेर हामीले प्रस्ताव राख्यौँ, उहाँले खासगरी प्रधानमन्त्रीसँग भेट्न अरूची प्रकट गर्नुभयो, भेट्ने कुरामा खासै रुची राख्नुभएन, ठिकै छ छलफल गर्दै जाउँ भनेर हामी उठ्यौँ ।’









राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया