रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । सोमबार निवेदक पक्षका कानुन व्यवसायीको जवाफी बहस सुरु भएको हो ।
रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफ दिन थालेका छन् । जवाफी बहसका लागि संवैधानिक इजलासले छुट्याएको समय मध्ये २ घण्टा दुई मिनेट बाँकी छ । उक्त समयभित्र निवेदक तर्फबाट बरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्ण प्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिनेछन् ।
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलास गठन भएको छ । निवेदकका तर्फबाट जवाफी बहस सकिएपछि एमिकस क्युरीको तर्फबाट बहस हुने छ ।
स्वतन्त्र राय दिनका लागि सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई–दुईजना एमिकस क्युरी छनोट भएका छन् । सर्वोच्च अदालत बार एसोसिएसनबाट बरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी छन् भने नेपाल बारबाट बरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकले एमिकस क्युरीमा प्रतिनिधित्व गरेका छन् ।














घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया