चिनियाँ राष्ट्रपतिले आयोजना गर्ने बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने
मेरोन्यूज
२०७८ असार २१ गते १३:३२

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने भर्चुवल बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को एक सय वर्षगाँठ पुगेको अवसरमा हुन गइरहेको छलफलमा नेपालबाट प्रधानमन्त्री ओलीको सहभागीता रहने जनाइएको छ ।
चीनका राष्ट«पति सीले दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुखहरुसँग मंगलबार अपरान्ह ५ बजे छलफल गर्न लागेका बताइएको छ । प्रधानमन्त्री ओलीको सहभागिताका लागि राष्ट्रपति सीको औपचारिक पत्र आएको बताइएको छ ।
भर्चुवल बैठकमा कोभिड महामारी नियन्त्रणको प्रयास, समन्वय र सहकार्य, चीनियाँ कम्युनिष्ट पार्टीको एक शताब्दी पार भएको अवसरमा सो पार्टीको अनुभव, चीनले गरेको प्रगति र अन्य देशसँगको सहकार्यका विषयमा छलफल हुने जनाइएको छ ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया