प्रधानमन्त्री ओलीले संविधानमाथि प्रहार गरे : श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि प्रहार गरेको बताएका छन् । सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै श्रेष्ठले विदेशीसँगको मिलेमतोमा प्रधानमन्त्री ओलीले संविधानमाथि प्रहार गरेको बताए ।
उनले भने, ‘उहाँले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर धोकाधडी गर्नुभयो उहाँ राष्ट्रिय लम्पासारवादमा जानुभयो । अहिले कालापानीको कुरा उठ्दैन, ईपीजीको कुरा उठ्दैन । विदेशी हस्तक्षेप स्वीकार गरिरहनु भएको छ।’ लोकतान्त्रिक संस्कृतिविरुद्ध आत्मकेन्द्रित चिन्तनको उहाँ शिकार हुनुभयो । संविधान, लोकतन्त्र गए जाओस् तर पद छोड्दिन्नँ भन्नेतिर जानु भयो ।’
उनले राष्ट्रियताको रक्षा गर्न संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै उनले सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुर्नः स्थापना गर्ने बताए ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया