नेप्सेमा दोहोरो अंकले गिरावट

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज सोमबार ११ दशमलब ७८ अंकले ओरालो लागेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ४२ प्रतिशत कम रहेको स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबार भएका ११ कम्पनी समुहका उपसुचकमध्ये ६ वटाले घाटा व्यहोरेकाले नेप्से घटेर २ हजार ८ सय २२ दशमलब ७३ बिन्दुमा पुगेको छ ।
स्टक एक्सचेञ्जका अनुसार कूल २ सय २४ कम्पनीको ५२ हजार ८ सय ४६ कारोबारबाट ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रुपैयाँ बराबरका १ करोड ६३ हजार ६ सय ३६ कित्ता शेयर किनबेच भएका छन् ।
यसैबीच स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ३ कम्पनीको गरि कुल २४ लाख कित्ता बढी शेयर सुचिकृत भएका छन् । ३ लघुवित्तको गरि कुल २४ लाख २८ हजार २ सय १८ दशमलव ५७ कित्ता शेयर सुचिकृत भएको हो ।
स्वरोजगार लघुवित्तको १२ दशमबल ३९ प्रतिशतले हुन् आउने ४ लाख ५३ हजार ४ सय २१ दशमलव ७७ कित्ता बोनस शेयर र निर्धन उत्थानको १३ प्रतिशतले हुन आउने १९ लाख ५० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
त्यस्तै मिर्मिरे लघुवित्तको २४ हजार ७ सय ९६ दशमलव ८० कित्ता संस्थापक शेयर सुचिकृत भएको छ । मिर्मिरेले स्वेडा लघुवित्तलाई गाभ्दा बखतको कल इन एडभान्स वापतको रकम बराबरको शेयर सुचिकृत भएको हो ।
















Indian govt gifts 61 vehicles to Nepal
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
HoR election: 43 days to go for voting
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया