कोकाकोलाको उपाध्यक्षमा देवयानी राणा

काठमाडौं । कोकाकोलाले भारतसहित दक्षिण पश्चिम एशिया उपाध्यक्षमा देवयानी राणालाई नियुक्त गरेको छ । कम्पनीले राणालाई सार्वजनिक मामिला, सञ्चार तथा सस्टेनाबिलिटीतर्फ उपाध्यक्षमा नियुक्त गरेको हो । कोकाकोलाले राणालाई कम्पनीको यो क्षेत्रमा आफ्नो उद्देश्य प्राप्तिका लागि उपाध्यक्षमा नियुक्त गरेको जनाएको छ ।
राणासँग २५ बर्षभन्दा बढी सरकारी तथा निजी क्षेत्रमा रणनीतिक व्यापारबारे वकालतको अनुभव छ । यस्तै उनमा जोखिम व्यवस्थापन, सञ्चार, सामाजिक उत्तरदायित्व तथा दिगोपनका बारेमा पनि उत्तिकै अनुभव छ । उनी कुनैपनि व्यापारलाई प्रभावकारी ढंगले रणनीतिक रुपमा सबल बनाउन रुचि देखाउँछिन् ।
राणाले आफुले सम्हालेका सबै टिमहरुलाई प्रभावकारी ढंगले अघि बढाउने काम गरेको भन्दै भारत तथा दक्षिण पश्चिम एशियाका लागि कोकाकोलाका अध्यक्ष संकेत रेले उनलाई उपाधयक्षको जिम्मेवारी हस्तान्तरण गरेसँगै कोकाकोलाले झन प्रगति गर्ने विश्वास व्यक्त गरेको वेष्ट मिडिया इन्फो डटकमले जनाएको छ ।
यसअघि उनी भारत, नेपाल र भुटानका लागि क्याटरपिल्लरको सार्वजनिक मामिला निर्देशक थिइन् । उनीसँग युएनडीपी र युएनमा काम गरेको अनुभव छ ।
भारतको प्रभावशाली सिन्धिया परिवारकी नातेदार राणाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेकी छिन् । त्यस लगत्तै भारतको नयाँदिल्लीस्थित लेडी श्रीराम कलेज विश्वविद्यालयबाट ब्याचलर अफ आर्ट समेत अध्ययन गरेकी छिन् ।
















तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया