‘राष्ट्रपतिले विश्वास गुमाएका व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नु गलत’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट दायरमा अदालतको सहयोगी (एमिकस क्युरी)को बहस सुरु भएको छ । बहस गरेका वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार नै प्रधानमन्त्री बनाउनु संविधानसम्मत नभएको टिप्पणी गरेका थिए ।
‘विश्वासको मत गुमाएका प्रधानमन्त्रीलाई त्यसपछि उपधारा ३ अनुसार पदमा पुनः नियुक्त गर्न कसरी मिल्छ ?,’ उनले प्रश्न गरे, ‘नियुक्ति गर्न मिल्ने कुनै कारण हुनु पर्यो नि, संविधानको कुनै धारा वा उपधारामा त्यसको गुञ्जाइस छ ? त्यसैले उक्त नियुक्ति नै गैर संवैधानिक छ ।’
विश्वासको मत गुमाएसँगै राष्ट्रपतिले प्रधानमन्त्रीको हैसियतबारे देशबासीलाई जानकारी गराउनु पर्ने उनको तर्क रहेको थियो । त्यो पनि गरिएन । झन वैशाख ३१ गते राष्ट्रपतिले विश्वास गुमाएका व्यक्तिलाई नै प्रधानमन्त्री नियुक्त गर्नु गलत भएको उनले बताए ।
प्रतिनिधि विघटन रिटमाथिको बहसमा अहिले एमिकस क्युरीका चार जनाले आफ्नो धारणा राखिरहेका छन् ।
















बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया