‘राष्ट्रपतिले विश्वास गुमाएका व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नु गलत’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट दायरमा अदालतको सहयोगी (एमिकस क्युरी)को बहस सुरु भएको छ । बहस गरेका वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार नै प्रधानमन्त्री बनाउनु संविधानसम्मत नभएको टिप्पणी गरेका थिए ।
‘विश्वासको मत गुमाएका प्रधानमन्त्रीलाई त्यसपछि उपधारा ३ अनुसार पदमा पुनः नियुक्त गर्न कसरी मिल्छ ?,’ उनले प्रश्न गरे, ‘नियुक्ति गर्न मिल्ने कुनै कारण हुनु पर्यो नि, संविधानको कुनै धारा वा उपधारामा त्यसको गुञ्जाइस छ ? त्यसैले उक्त नियुक्ति नै गैर संवैधानिक छ ।’
विश्वासको मत गुमाएसँगै राष्ट्रपतिले प्रधानमन्त्रीको हैसियतबारे देशबासीलाई जानकारी गराउनु पर्ने उनको तर्क रहेको थियो । त्यो पनि गरिएन । झन वैशाख ३१ गते राष्ट्रपतिले विश्वास गुमाएका व्यक्तिलाई नै प्रधानमन्त्री नियुक्त गर्नु गलत भएको उनले बताए ।
प्रतिनिधि विघटन रिटमाथिको बहसमा अहिले एमिकस क्युरीका चार जनाले आफ्नो धारणा राखिरहेका छन् ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
प्रतिक्रिया