एमिकस क्युरी पाठकको सुझाव : निर्वाचन उत्तम विकल्प

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि एमिकस क्युरी उषा मल्ल पाठकले संसद विघटन संविधानअनुसार भएको दाबी गरेका छन् । उनले आगामी दिनमा उत्तम विकल्प निर्वाचन मात्रै भएको बताएकी छन् ।
नेपाल बार एसोसिएसनका तर्फबाट एमिकस क्युरी चयन भएकी पाठकले धारा ७६ (५)मा विश्वासको मतका आधार हेरेर दाबी अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिको नै भएको बताएकी थिइन् ।
त्यस्तै, पाठकले धारा ७६ (५) अनुसारको सरकार बन्न नसकेपछि धारा ७६ (३) अनुसारको प्रधानमन्त्रीले गरेको संसद विघटन संविधानसम्मत भएको दाबी गरेकी हुन् । ‘मुलुकलाई निकास दिन एकमात्र विकल्प चुनाव हो, त्यसैले रिट निवेदन खारेज हुनुपर्छ र चुनावमा जानुपर्छ,’ उनले थपिन् ।
राष्ट्रपतिले स्वविवेक प्रयोग गरी प्रधानमन्त्री चयन गरेको वरिष्ठ अधिवक्ता पाठकले दाबी गरिन् । उनले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै निर्वाचन गर्नु पर्नेमा जोड दिन माग गरेकी छन् ।
उनले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने व्यवस्था संविधानमा नभएको बताइन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया