बिहीबार, चैत १२, २०८२

ओलीले नेपाल पक्षलाई दिएको समय सकियो, हस्ताक्षर फिर्ता भएन

मेरोन्यूज २०७८ असार २१ गते १७:३१

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन दिएको समाय सकिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रिय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा गरेको हस्ताक्षर सोमबार साझ पाँच बजेसम्म फिर्ता लिन नेपाल पक्षलाई निर्देशन दिएका थिए । तर, नेपाल पक्षले ओलीले दिएको समयमा हस्ताक्षर फिर्ता गरेका छैनन् ।

नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको थियो । नेपाल पक्षका २३ जना सांसदले संसद् विघटन र देउवालाई प्रधानमन्त्री बनाउने रिटमा हस्ताक्षर गरेका थिए । ओलीले नेपाल पक्षलाई दिएको समय सकिदा सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको परेको रिटमा बहस पनि सकिएको छ । ओलीले सर्वोच्च अदालतमा रहेको हस्ताक्षर फिर्ता नलिए पार्टी एक नरहने बताएको थिए ।

तर, पछिल्लो समयमा ओलीले आफनो अडानबाट पछि हट्दै हस्ताक्षर फिर्ता नगरे पनि पार्टी एकताका लागि संयुक्त वत्तव्य निकाले प्रस्ताव गरेका छन् । दुवै पक्ष पार्टी एकताका लागि गठित कार्यदललाई ब्युताउने सहमतिमा छन् ।

प्रतिक्रिया