एमाले कार्यदलकाे बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) पार्टी एकता जोगाउन गठित कार्यदलको बैठक अहिले बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले कार्यदल ब्यूँतिएसँगै पहिलो बैठक अहिले नै बस्न लागेको जानकारी गराए ।
उनले पार्टी एकता लागि प्रयास जारी राख्न कार्यदल ब्यूँतिएको बताए । कार्यदलमा ओली पक्षबाट संयोजक नेम्वाङ र सदस्य विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् ।
यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट संयोजक भीम रावल र सदस्यमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् । गत २ जेठमा गठित कार्यदलको बैठक ६ जेठपछि बसेको थिएन ।
अध्यक्ष ओलीले नेपाल पक्षका कार्यदलका संयोजक रावललाई १२ जेठमा पार्टीबाट निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो । त्यसपछि आज बैठक बस्दै छ । पार्टी मिलाउन अन्तिम प्रयास हुँदै छ । कार्यदलबाट अनुमोदन गरेर दुवै पक्ष पार्टी एकताको लागि संयुक्त वक्तव्य निकाल्ने सहमति भएको छ ।









दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया