एमाले कार्यदलकाे बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) पार्टी एकता जोगाउन गठित कार्यदलको बैठक अहिले बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले कार्यदल ब्यूँतिएसँगै पहिलो बैठक अहिले नै बस्न लागेको जानकारी गराए ।
उनले पार्टी एकता लागि प्रयास जारी राख्न कार्यदल ब्यूँतिएको बताए । कार्यदलमा ओली पक्षबाट संयोजक नेम्वाङ र सदस्य विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् ।
यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट संयोजक भीम रावल र सदस्यमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् । गत २ जेठमा गठित कार्यदलको बैठक ६ जेठपछि बसेको थिएन ।
अध्यक्ष ओलीले नेपाल पक्षका कार्यदलका संयोजक रावललाई १२ जेठमा पार्टीबाट निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो । त्यसपछि आज बैठक बस्दै छ । पार्टी मिलाउन अन्तिम प्रयास हुँदै छ । कार्यदलबाट अनुमोदन गरेर दुवै पक्ष पार्टी एकताको लागि संयुक्त वक्तव्य निकाल्ने सहमति भएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया