क्यानडा पठाइदिने भनेर पैसा लिएकाे भन्ने विषयमा बाेले प्रभु साह
मेरोन्यूज
२०७८ असार २१ गते २१:२९

काठमाडाैं । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रभु साहले क्यानडा पठाइदिने भन्दै पैसा लिएकाे भनेर आएकाे समाचारमा कुनै सत्यता नरहेकाे बताएका छन् ।
सर्वसाधारणालाई क्यानडा पठाइदिने भनेर पैसा लिएको भन्दै समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा लेख्दै उनले सुनियोजित रुपमा आफ्नाे नाम जोडेर केही अनलाइनहरुमा समाचार सम्प्रेषण भएकाे भन्दै ध्यानाकर्षण भएकाे जनाएका हुन् ।
यी निराधार, कपोलकल्पित र निकै भ्रामक आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु- उनले भनेका छन् ।
उनले बिना कुनै तथ्य प्रमाण चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने केही प्रायोजित अनलाइनका कारण मिडिया माथिको विश्वास घट्न थालेकोले यस्ता अनर्गल प्रचारबाजी गर्ने कार्य बन्द गर्न/गराउन आग्रहसमेत गरेका छन् ।
सम्बन्धित
















राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया