अवरुद्ध विभिन्न सडक सञ्चालनमा

मकवानपुर । विगत एक सातादेखि अवरुद्ध भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानीगढी र देउराली सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण आएको पहिरोले विगत एक सातादेखि अवरुद्ध बनेको सो सडक आजबाट सुचारु भएको हो ।
पहिरो पन्छाएर बिहानैदेखि भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी कुलेखानी—फाखेल सडकखण्डको विभिन्न स्थानमा गएको पहिरो पन्छाएर पनि कुलेखानी—काठमाडौंतर्फको यातायात सेवा पनि आजैबाट सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
त्यस्तै पूर्वपश्चिम राजमार्गअन्र्तगत हेटौँडा नारायणगढ सडकखण्ड र त्रिभुवन राजपथको हेटौँडा–दामन हुँदै काठमाडौंतर्फको यातायात सेवा नियमित सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । यसैगरी वर्षातका कारण आएको पहिरोले अवरुद्ध कुलेखानी—सिस्नेरी र कान्तिराजपथमा पनि यथाशीघ्र यातायात सञ्चालन ल्याउन प्रयास भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
















दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया