अवरुद्ध विभिन्न सडक सञ्चालनमा

मकवानपुर । विगत एक सातादेखि अवरुद्ध भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानीगढी र देउराली सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण आएको पहिरोले विगत एक सातादेखि अवरुद्ध बनेको सो सडक आजबाट सुचारु भएको हो ।
पहिरो पन्छाएर बिहानैदेखि भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी कुलेखानी—फाखेल सडकखण्डको विभिन्न स्थानमा गएको पहिरो पन्छाएर पनि कुलेखानी—काठमाडौंतर्फको यातायात सेवा पनि आजैबाट सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
त्यस्तै पूर्वपश्चिम राजमार्गअन्र्तगत हेटौँडा नारायणगढ सडकखण्ड र त्रिभुवन राजपथको हेटौँडा–दामन हुँदै काठमाडौंतर्फको यातायात सेवा नियमित सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । यसैगरी वर्षातका कारण आएको पहिरोले अवरुद्ध कुलेखानी—सिस्नेरी र कान्तिराजपथमा पनि यथाशीघ्र यातायात सञ्चालन ल्याउन प्रयास भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
















स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
संयोजक प्रचण्ड सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक
प्रतिक्रिया