सेनाद्वारा हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी
मेरोन्यूज
२०७८ असार २२ गते २१:३५

काठमाडाैं । सेनाले सिन्धुपाल्चोक हेलम्बु, पाचपोखरी थाङ्गपाल र जुगल गाँउपालिकामा यही असारको पहिलो साता गएको बाढी पहिरो पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समिति सङ्कलित राहत सामग्री ढुवानी गरेको छ ।
उक्त बाढीका कारण सडक तथा पुल क्षति भई सडक सञ्जाल बिच्छेद भएपछि सेनाले हेलिकप्टरमार्फत सङ्कलित सामग्री स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेको हो ।
पाँचपोखरी थाङ्गपाल गाँउपालिका–३ सुनचौर जस्तापाता ५२ बण्डल, मेलम्ची घ्याङमा जेनेरेटर इन्धन र ३५० लिटर डिजेल तथा दुई हजार ८०० केजी खाद्यान्न ढुवानी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
त्यस्तै तेम्बाथानमा एक हजार ६०० केजी खाद्यान्न र औषधिलगायत मेडिकल सामान ढुवानी गरेको जानकारी दिइएको छ ।
सम्बन्धित
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया