एमाले कार्यदल बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एमाले) को कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ८ बजे बस्ने भनिएको बैठक १०.३० सरेको हो । उक्त बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने छ ।
यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कार्यदल सदस्यहरुले धारणा राखेका थिए । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ ।
तीन बुँदे सहमतिको प्रयास कार्यदल तहमा खोजी जारी छ । पार्टीलाई जेठ २ मा फर्काउने र त्यसवेलाका सम्पूर्ण पार्टी संरचना क्रियाशिल गराउने, प्रतिनिधिसभा विघटनका सर्न्दभमा अदालतमा पुगेको मुद्दामा अब अदालतले जे निर्णय दिन्छ । त्यसलाई दुवै पक्षले मानेर जाने, त्यसमा आग्रह-पूर्वाग्रह नराखिने र अदालतको निर्णयपछि भने अब के गर्ने भन्नेमा एमालेको बैठक बसेर गर्ने निर्णयलाई दुवै पक्षले मानेर एकताबद्ध भएर जाने गरी छलफल अगाडि बढेको नेताहरूको भनाई छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया