गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान

काठमाडौं । गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ । गणेशमान सिंह फाउण्डेशनले विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष सिंहको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान विसं २०४६ मा प्रजातन्त्र ल्याउनका लागि सिंहको अभियानमा जोडिनुभएका प्रजातन्त्र सेनानीलाई प्रदान गर्न लागेको हो ।
फाउण्डेशनले प्रजातन्त्र सेनानी चोरेन्द्रमानसिंह प्रधान, राजकृष्ण अमात्य, स्व अरविन्द ठाकुर, स्व सूर्यप्रसाद रेग्मी, स्व गिरिराजकुमारी प्रसाईँ, श्रीपटनाथ जोशी, फोटो पत्रकार मीनरत्न बज्राचार्य, रोमहरि अधिकारी, ध्रुव खनाल, वरिष्ठ पत्रकार भैरव रिसाल र डिल्लीप्रसाद सिटौलालाई प्रदान गर्न लागेको हो ।
फाउण्डेशनले मङ्गलबार प्रजातन्त्र सेनानी खनाल र वरिष्ठ फोटो पत्रकार बज्राचार्यलाई सम्मान गरेको थियो । यस्तै क्रमशः नौ जनालाई सम्मान गर्दै जाने फाउण्डेशनका कार्यालय सचिव धर्मरत्न पाछैले बताए। मङ्गलबार खनाल र बज्राचार्यलाई कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रमाणपत्र, दोसल्ला र नगद रु २५ हजारद्वारा सम्मान गरेको थियो ।
















टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
संयोजक प्रचण्ड सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
प्रतिक्रिया