एमाले कार्यदलको बैठक सुरू, बैठकअघि माधव नेपाल र भीम रावलबीच भेट

काठमाडौँ । पार्टीमा देखिएको विवाद समाधान गर्न नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षबीच बैठक सुरु भएको हो ।
बिहान १० बजे बस्ने भनिएको बैठक नेपाल पक्षका कार्यदलका सदस्य भीम रावलका कारण ढिला गरी सुरु भएको हो । उनी नेपाल निवास कोटेश्वरस्थित नेता नेपालसँग छलफल गर्न पुगेपछि बैठक पछाडि परेको हो ।
बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत छन् ।
यस्तै, ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, विष्णु रिमाल रहेका छन् ।
कार्यदलमार्फत पार्टी मिलाउने प्रयास हुन थालेपछि गत सोमबार र मंगलबार पनि छलफल भएको थियो ।
















काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया