जसपाको आधिकारिकता टुंग्याउन इजलास गठन
मेरोन्यूज
२०७८ असार २३ गते १५:५७

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को विवाद टुंग्याउन निर्वाचन आयोगले इजलास गठन गरेको छ । बुधबार बसेको पदाधिकारीहरूको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो ।
सोही इजलासले आगामी साउन ३ गते दुवै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । यदि, कानुन व्यवसायी आवश्यक परे आफूहरूसँगै ल्याउनसमेत आयोगले जनाकारी गराएको छ ।
जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता टुंग्याउन आयोगसँग माग गरेको थियो ।
ऐनअनुसार दुवै पक्षलाई राखेर सहमति जुटाउने प्रयास गरिने छ । यदि, असफल भएपछि सुनुवाई प्रक्रिया थालिने व्यवस्था रहेको छ ।
सम्बन्धित















छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
प्रतिक्रिया