जसपाको आधिकारिकता टुंग्याउन इजलास गठन
मेरोन्यूज
२०७८ असार २३ गते १५:५७

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को विवाद टुंग्याउन निर्वाचन आयोगले इजलास गठन गरेको छ । बुधबार बसेको पदाधिकारीहरूको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो ।
सोही इजलासले आगामी साउन ३ गते दुवै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । यदि, कानुन व्यवसायी आवश्यक परे आफूहरूसँगै ल्याउनसमेत आयोगले जनाकारी गराएको छ ।
जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता टुंग्याउन आयोगसँग माग गरेको थियो ।
ऐनअनुसार दुवै पक्षलाई राखेर सहमति जुटाउने प्रयास गरिने छ । यदि, असफल भएपछि सुनुवाई प्रक्रिया थालिने व्यवस्था रहेको छ ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया