ब्रेकिङ न्यूज : तोडियो ओली-नेपाल संवादहिनता
प्रधानमन्त्री ओली र माधव नेपालवीच मेरियट होटलमा भेटवार्ता
माधव नेपाल मेरियट होटलमा पुगेको केही समयपछि प्रधानमन्त्री केपी ओली पनि होटल पुगेका छन्

काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिलाउन नेताहरुले गरेको प्रयास पछि प्रधानमन्त्री केपी ओली र माधव नेपालवीच भेटवार्ता भएको छ । नक्सालस्थित मेरियट होटलमा ओली र नेपालका वीचमा भेटवार्ता केही वेर अगाडीबाट शुरु भएको हो ।
माधव नेपाल पहिले होटलमा पुगेका थिए । त्यसको केही वेरपछि प्रधानमन्त्री ओली पनि मेरियट पुगेका थिए । अहिले दुई नेतावीच भेटवार्ता शुरु भएको वालुवाटार स्रोतले बताएको छ ।
वुधबार वसेको कार्यदल बैठकले दुई नेताका वीचमा भेटवार्ताको प्रयास गराउने गरी पहलकदमी लिएपछि ओली र नेपालका वीचमा भेटवार्ता भएको हो । ओली र नेपाल सम्वादमा उपप्रधानमन्त्री समेत रहेका विष्णु पौडेल पनि सहभागी छन् ।
यस अगाडी पनि गत बैखाख ७ र ८ गते होटल मेरिसयटमा ओली र नेपालका वीच दुई चरणमा भेटवार्ता भएको थियो ।
पार्टीभित्रको आन्तरिक विवाद मिलाउन बुधबार वसेको एमाले कार्यदलको बैठकपछि पार्टीभित्रको विवाद समाधानको दिशातिर गएको नेताहरुले प्रतिक्रिया दिएका थिए ।
कार्यदलका नेताहरुले भोलिसम्म सबै समाधान हुने बताएका थिए । पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासहरूलाई ध्यान राख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गर्दै कार्यदल टुंगोमा पुग्न लागेको नेता हरुको प्रतिक्रिया थियो । सोही आधारमा कार्यदलले गरेको छलफलमा केन्द्रीत रहेर अहिले ओली र नेपालका वीचमा मेरियटमा सम्वाद हुन लागेको हो ।
दुइ नेताका वीचमा सकारात्मक छलफल भए भोलि वस्ने कार्यदल बैठकले सवै विषय टुंगो लगाउने बताईएको छ ।









दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया