एमालेको कार्यदल बैठक आज पनि बस्दै, सहमति हुन बाँकी विषयमा छलफल हुने, आजै निष्कर्षमा पुग्ने दाबी

काठमाडौं । पार्टीभित्रको विवाद निरुपण गर्न नेकपा एमालेको कार्यदल बैठक आज पनि बस्दै छ । बुधबार साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमारनेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिन लागेको हो ।
कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले सिंहदरबारस्थित अर्थमन्त्रालयमा बिहान साढे ११ बजे बस्ने बैठकमा सहमति हुन नसकेका विषयमा छलफल हुने बताए
उनले बुधबार साझ ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताए । सहमति जुटाउने प्रयासको स्प्रीड नघटेको भन्दै हल्लाको कुनै अर्थ नरहेको नेम्वाङको भनाइ छ ।
‘हल्लाको अर्थ छैन, आज सहमति हुन सक्छ । हिजो नेताबीचको कुरा नमिलेको भनेर हल्ला फिँजाइए पनि त्यसको कुनै अर्थ छैन । हाम्रो सहमति जुटाउने प्रयासको स्प्रीड घटेको छैन,’ उनले भने ।
नक्सालस्थित मेरियट होटलमा भएको वार्तामा ओलीले नेपाललाई निःशर्त सहयोगका लागि आग्रह गरेका थिए । नेता नेपाल भने सांगठनिक रुपमै शक्ति बाँडफाँड गरेर जानुपर्ने पक्षमा उभिएका थिए । उनले पावर सेयरिङको विषय उठाएपछि सहमति हुन सकेको थिएन ।
पार्टी फुटको संघारमा पुगेपछि एमालेले गत जेठ २ गते दुबै पक्षका पाँच/पाँच जना रहेको कार्यदल गठन गरेको थियो । गठन पश्चात निश्क्रिय प्राय रहेको कार्यदल पछिल्ला केही दिन यता सक्रिय भएको छ ।
















मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया