५७ किलो गाँजासहित २ जना पक्राउ
मेरोन्यूज
२०७८ असार २४ गते ११:१८

काठमाडौं । मकवानपुरको हेटौँडाबाट अवैध ५७ किलो ९ सय ग्राम लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रातोमाटेबाट खटिएको टोलीले हेटौंडास्थित पिपल चौतरा पूर्व पश्चिम सडक खण्ड स्थित चितवनबाट बारातर्फ जाँदै गरेको ना. ४ च १५०१५ नम्वरको बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा बुधबार साँझ उक्त गाँजा फेला पारेको हो ।
प्रहरीले गाडीका चालक चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्वर ६ बस्ने वर्ष २६ को संजय चौधरी र सोही गाडीमा सवार चितवनकै वर्ष ४८ को लालजी शाहलाई पक्राउ गरेको हो ।
सो गाडीको पछाडिको भागमा फल्स बटम बनाई लुकाएर ल्याएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सम्बन्धित
















मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया