हाइटीका राष्ट्रपतिको हत्या आरोपित ४ मारिए, २ प्रहरी नियन्त्रणमा

काठमाडौं । हाइटीका राष्ट्रपतिको हत्यामा संलग्न रहेको भनिएका चार जना मारिएका छन् । राष्ट्रपति जोभेनल मोइसेको हत्यामा संलग्न रहेको समूहका चार जना प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका हुन् ।
हाइटी प्रहरीले हत्यामा संलग्न दुई जना आक्रमणकारीलाई पनि नियन्त्रणमा लिएको छ । आक्रमणकारीहरूले तीन जना प्रहरीलाई नियन्त्रणमा लिएका थिए। तर बुधबार नै उनीहरू छाडिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख लियोन चार्ल्सले बिहीबार टेलिभिजन ब्रिफिङमा भने’‘घटनास्थल छाडेपछि हामीले उनीहरूको भाग्ने बाटो छेकेका थियौं। त्यसबेलादेखि हामी उनीहरूसँग लडिरहेका छौं।’
राष्ट्रपति भवनमा अज्ञात बन्दुकधारीले मोइसेको बुधबार गोली हानेर हत्या गरिएको थियो । आक्रमणमा उनकी श्रीमती भने घाइते भएकी थिइन् । मोइसे सन् २०१७ मा हाइटीको राष्ट्रपति बनेका थिए । देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि उनको राजीनामा माग हुँदै आएको थियो ।
केही समयअघि मोइसेले नै आफ्नो हत्या प्रयास भएको तर सुरक्षा अधिकारीहरूले त्यसलाई विफल पारेको बताएका थिए ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया