नेपाल–फ्रान्स व्यावसायिक मञ्चको बैठकमा शेखर गोल्छाले भने – विदेशी लगानीकर्तालाई नेपालमा पर्याप्त अवसर छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् । नेपाल फ्रान्स व्यवसायिक मञ्चको भर्चुअल बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताए ।
अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढिसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउँदै फ्रान्सेली लगानीकर्तालाई आग्रह गरे ।
महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का विषयमा जानकारी दिँदै उनले सन् २०३० सम्म नेपालको अर्थतन्त्र १ सय अर्व अमेरिकी डलर पुरयाउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसंग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएको बताए ।
हालसम्म फ्रान्सबाट एक सय ७ परियोजनामा करिब एक अर्ब रुपैयाको लगानी प्रतिवद्धता आएको छ । व्यापार प्रवद्र्धन केन्द्रका अनुसार गत बर्ष फ्रान्ससंगको व्यापार घाटा करिब साढे ८ अर्ब रुपैया छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया