काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा

काठमाडाैं । भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सकिएको छ । विसं २०७२ सालको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएको उक्त ऐतिहासिक सम्पदाको पुनः निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ ।
काठमाडौँ महानगरपालिकले रकम उपलब्ध गराउने सर्तसहित पुनः निर्माणको काम विसं २०७५ वैशाखबाट शुरु भएको थियो । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनःनिर्माणका भइरहेको सातौँ शताब्दीको काष्ठमण्डप पुनः निर्माणका लागि कामपाले हालसम्मा रु ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ ।
काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यका अनुसार लकडाउन र निषेधाज्ञाको अवधिमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै निरन्तर काम भइरहेको छ । त्यस अवधिमा छानो छाउनका लागि काठको अभाव भए पनि अहिले त्यो समस्यापछि टरेको छ, निरन्तर काम भइरहेको छ ।
आवश्यक पर्ने आठ सबै आइसकेकाले छिटोभन्दा छिटो पुनः निर्माण सक्ने चरणमा पुगेको शाक्यले जानकारी दिए । निर्माण कामअन्तर्गत अहिले तेस्रो तला अर्थात् गजुर राख्ने काम भइरहेको छ । त्यसपछि छानो छाउने काम हुनेछ ।
छानोको लागि आठ हजार क्युफिट काठ आवश्यक पर्छ । उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । केही यस अघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ ।
















सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया