एमाले कार्यदलको बैठक आज पनि
घनश्याम भुसाल भन्छन् – १० दिनयता कुनै प्रगति छैन, सुवाचन्द्र नेम्वाङ भन्छन् – आजको बैठकले निष्कर्ष निकाल्ने छ
मेरोन्यूज
२०७८ असार २५ गते ७:५०

काठमाडौं । नेकपा (एमाले) ओली र नेपाल पक्षबीच एकता प्रयासका लागि बनेको कार्यदलको बैठक आज (शुक्रबार) पनि बस्दै छ । आज बिहान साढे ११ बजे बैठक बस्ने भएको हो ।
नेपाल पक्षबाट कार्यदलमा रहेका एमाले उपमहासचिव घनश्याम भुसालले १० दिनयता कार्यदलस्तरमा कुनै प्रगति नभएको बताए ।
‘यसबीचमा धेरै औपचारिक अनौपचारिक कुराकानी भए, कार्यदलस्तरमा पनि पटकपटक छलफल भए,’ उनले भने ‘१० दिनदेखि हमी जहाँको त्यहीँ छौं । टुंगोमा पुग्ने कोसिस गरिरहेका छौं, भोलि बिहान बस्ने बैठकमा मिलाउने कोसिस गर्छौं ।’
ओली पक्षबाट कार्यदलको सदस्य रहेका सुवाचन्द्र नेम्वाङले कार्यदललको बैठकले निष्कर्ष निकाल्ने उनले विश्वास व्यक्त गरे । अहिलेसम्म दुई पक्षबीच भइरहेको सहमति नजिकका विषयबारे उनले उल्लेख गर्न चाहेनन् ।
सम्बन्धित









बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया