पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा सर्यो

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न संकायहरुका परीक्षा सारेको छ । विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सूचना जारी गर्दै पुर्वनिर्धारित तालिका परिवर्तन गरेको छ ।
विश्वविद्यालयका अनुसार यही असार ३१ गतेदेखि लिने भनेको परीक्षा साउन १० गतेका लागि सारेको हो । प्रा.डा. सूर्यप्रसाद संग्रौलाले सूचना जारी गर्दै परिस्थिति अनुकुल अझै नभएकाले हाललाई परीक्षा स्थगित गरिएको जनाएको छ ।
सूचनामा भनिएको छ, ‘विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कला तथा शिक्षा शास्त्र संकायका विभिन्न सेमेष्टरका परीक्षाहरु मिति २०७८/०३/३१ गते देखि सञ्चालन हुने परीक्षा सञ्चालन गर्न अनुकुल नभएकाले मिति २०७८/०४/१० गतेदेखि सञ्चालन हुने व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’ परीक्षाको समय तालिका र परीक्षा केन्द्रहरुपछि प्रकाशन गरीने विश्वविद्यालय जनाएको छ ।

















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया