कांग्रेसको सभापतिमा आकांक्षीबीच बैठक जारी

काठमाडौँ । कांग्रेसको १४ औँ महाधिवेशनबाट नेतृत्व चयन गर्ने सम्बन्धमा संस्थापनइतर पक्षका सभापतिका आकांक्षीहरूबीच सामूहिक छलफल चलिरहेको छ ।
पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीको पहलमा काठमाडौँ बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापनइतर पक्षका सभापतिका आकांक्षीहरूबीच पहिलो बैठक बसेको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्व सहमहामन्त्री रामशरण महत र केन्द्रीय सदस्य डा. शेखर कोइराला सहभागी छन् ।
आसन्न महाधिवेशनमा संस्थापनइतर समूहबाट एकजनाले मात्रै उम्मेदवारी दिनु पर्ने भन्दै नेता केसीले छलफल गराएका हुन् । ‘देउवाजीको नेतृत्वमा अब पार्टीले गति लिन सक्दैन, त्यसमा हामी सबैजना एकमत नै छौँ, फेरि सबै जना विभाजित भएर उहाँलाई जित्न सक्ने अवस्था पनि छैन,’ केसीले भने ।
संस्थापन पक्षबाट सभापतिका लागि शेरबहादुर देउवा र विमलेन्द्र निधि आकांक्षी छन् । कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदै छ ।
















राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा
Two killed in motorcycle accident in Rautahat
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया