वागमती प्रदेशसभा बैठक स्थगित
मेरोन्यूज
२०७८ असार २६ गते १३:०७
काठमाडौँ । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ ।
प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो । सचिवालयका अनुसार आज स्थगित बैठक आइतबार साढे ११ बजे बस्ने छ ।
आव २०७८-८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरिद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरूले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन् ।
आजको बैठक पनि अवरुद्ध हुने देखेर स्थगित गरिएको हुन सक्ने सत्ता पक्षका एक प्रदेशसभा सदस्यले बताए ।
सम्बन्धित
















टी–२० विश्वकप २०२६: विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित , इंग्ल्यान्ड ३० रनले पराजित
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया