विहान माधव नेपाल भेटेका प्रचण्ड अहिले देउवा निवासमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को दौडधुप वढेको छ । सर्वाेचच अदालतले प्रतिनिधीसभा विघटनको मुद्दामा २८ असारमा निर्णय दिन लागेको र एमालेभित्र आन्तरिक सहमतिको खोजी तिव्र गतिमा भईरहेका वेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दौडधुप तिव्र हुन थालेको हो ।
उनले विहान एमालेका वरिष्ठ नेता माधव नेपालसँग भेट गरेका थिए । अहिले उनी कांग्रेस सभापति शेरवहादुर देउवाको निवास वुढानिलकन्ठ पुगेका छन् । नेपालसाग प्रचण्डले के एमाले मिल्नै लागेको हो ? भन्ने प्रश्न गरेका थिए । झण्डै ढेड घण्टा नेपालसग एमालेभित्रको आन्तरिक क्एता, कांग्रेस, माओवादी केन्द्र लगायत विपषी गठवन्धनको मोर्चावन्दी लगायतका विषयमा केन्द्रीत रहेर छलफल गरेका थिए ।
त्यसक्रममा नेपालले आफुले सर्वाेच्च अदालतको हस्ताक्षर फिर्ता लिने या त्यसको निर्णय प्रभावित हुने गरी अन्यत्र थप कुनै कदम नचाल्ने वचनवद्दता आज पनि प्रचण्डलाई दिएका थिए ।
नेपालको वलियो वचनवद्धताको खोजीमा नेपाल निवास पुगेरै छलफल गरेका प्रचण्ड नेपालसँगको छलफलका बारेमा जानकारी दिने र आगामी थप रणनीतिका बारेमा छलफल गर्नका लागि अहिले देउवानिवास पुगेका हुन् ।
‘प्रचण्ड कमरेड केही समय अगाडी मात्रै वुढानिलकन्ठ आउनुभएको छ,’ देउवाको निजि सचिवालयले मेरोन्यूजसँग भन्यो,–‘दुई नेतावीच अहिले आन्तकिर छलफल शुरु भएको छ ।’
प्रधानमन्त्री केपी ओलीले अहिले विपक्षी गठवन्धनमै रहेका नेपाल समुहका नेताहरुलाइृ फकाउने र विपक्षी गठवन्धनबाट अलग्याउने कसरथ गरेपछि कांग्रेस-माओवादी एमालेभित्रको आन्तरिक विवाद समाधानको पाटो कसरी जान्छ ? भनेर नजिकवाट नियालिरहेका छन् । एमालेभित्रको विवाद मिलेमा गठवन्धन लाई पर्ने असरका वारेमा पन िनेताहरुका वीचमा आन्तरिक छलफल हुने गरेको छ ।
अहिले एमाले विवाद सहमति नजिक रहेको भनिएका बेला नेपालको आगामी थप रणनीति के होला ? भन्नेमा सवैभन्दा चासो प्रचण्ड र देउवाले देखाईरहेका छन् । त्यही क्रममा नेपालसागको छलफल पछि निवास फर्केका प्रचण्ड यतिवेला देउवा निवास वुढानिलकन्ठ पुगेका हुन् ।
















टी–२० विश्वकप २०२६: विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित , इंग्ल्यान्ड ३० रनले पराजित
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
प्रतिक्रिया