यसरी गरे प्रधानमन्त्रीले वीर अस्पतालको नव निर्मित सर्जिकल भवनको उद्घाटन (तस्बिरसहित)

काठमाडौं । वीर अस्पतालको नव निर्मित सर्जिकल ब्लकको प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उदघाटन गरेका छन् । ५ सय शैय्या क्षमताको उक्त ब्लकको आइतबार (आज) प्रधानमन्त्री ओली उद्घाटन गरेका हुन । उक्त भवनबाट कोरोनाका बिरामीका उपचार हुदै आएको छ ।

“हाम्रा पुर्वजले नचाखेको कुनै हाँगा छैन होला,” उनले भने, “त्यसको आधारमा औषधिविज्ञानमा काम भएको पाइन्छ । साढे दुईहजार वर्षअघि शल्यक्रिया नेपालमै विकास भएको थियो । तर बीचमा गलत मनसाय बढ्यो । औषधि विज्ञान पछि कुखुराको भाले मन्साउने अवस्थामा पुग्यो । गलत मनोविज्ञान देखियो ।मन्साएर भुत भाग्छ, मसान भाग्छ ।”

उनका अनुसार २०६४ सालमा मृगौला प्रत्यारोपण नेपालमा नहुदाँ म पहिलो मृगौला प्रत्यारोपण गर्न भारत गएको थिए । तर अहिले नेपालमै राम्रो विशेषज्ञ र उपकरण छन् । मैले दोस्रो मृगौला प्रत्यारोपण २०७६ फागुनमा नेपालमै गरे । बाहिरभन्दा नेपालमै मृगौलाको राम्रो उपचार हुने उनले बताए ।
उक्त भवनमा उपचारर १ हजार ७ सय जना कोरोना संक्रमण जिते घर फर्किएका अस्पतालका कोभिड युनिफाईडका प्रमुख डा. जागेश्वर गौतमले बताए । उनका अनुसार २ सय जनाले कोरोना संक्रमितले ज्यान गुमाए थिए ।




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
इनड्राइभद्वारा ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया