बेपत्ता सुजिताको शव ट्वाइलेटको सेफ्टी ट्यांकीमा फेला, श्रीमानसहित ५ जना पक्राउ

काठमाडौं । गत जेठ २० गतेदेखि हराईरहेकी महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँकी २६ वर्षीया सुजिता ठाकुर मृत अवस्थामा फेला परेकी छन् ।
सेफ्टीट्यांकीको जगमा पुरेर ढलान गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश विष्टले मेरोन्युजलाई जानकारी दिए ।
उनले भने,‘उहाँको शव उनकै घरकै सेफ्टिीट्यांकीको जगमा फेटिएको हो । सेफ्टीट्यांकी करिब ९ फिटको छ उनको शब सोही सोफ्टीट्यांकीको जगमा पुरेर ढलान गरिएको अवस्थामा काठहरुले लुकाएको अवस्थामा फेला परेको हो ।’
प्रहरीले ठाकुरको शव बरामद गरेर जनकपुर प्रादेशीक अस्पतालमा पोष्टमार्टमका लागि पठाईएको डिएसपी विष्टले जानकारी दिए । शवको आस्था हेर्दा धेरै अगाडि नै उनको हत्या गरिएको हुन सक्ने प्रहरीले आकलन गरेको छ ।
उनको शव पहिचान भएसँगै प्रहरीले सुजिताको हत्या आरोपमा श्रीमान्, देवरसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी विष्टले जनाएका छन् । स्थानीय मुकेश ठाकुरकी पत्नी सुजिता हराएपछि माइती पक्षले उनको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।
जिल्लाकै पिपरा गाउँपालिका–६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको हत्या गरेको आरोप लगाएका थिए ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया