बाराबाट आएर कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना
मेरोन्यूज
२०७८ असार २७ गते १४:५१

काठमाडौँ । क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै नेपाली कांग्रेस बाराका नेता कार्यकर्ता धर्नामा उत्रिएका छन् । आइतबारदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विभिन्न ६ बुँदे माग राखेर उनीहरू धर्नामा बसेका हुन् ।
पार्टीमा छलफल नगरी दर्ता गरिएको क्रियाशील सदस्यता खारेज हुनु पर्ने, पुराना क्रियाशील सदस्यता नवीकरण हुनु पर्ने, विधानअनुसार नयाँ क्रियाशील सदस्यता तत्काल वितरण गर्नु पर्ने, वडा समितिको सिफारिसबिना गरिएका क्रियाशील सदस्यता खारेज गर्नु पर्नेलगायतका माग राखिएको छ ।
नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारले धर्नामा चार वटै निर्वाचन क्षेत्रका नेता कार्यकर्ता सहभागी रहेको जानकारी दिए । उनले बारामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको बताए ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया