बाराबाट आएर कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना
मेरोन्यूज
२०७८ असार २७ गते १४:५१

काठमाडौँ । क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै नेपाली कांग्रेस बाराका नेता कार्यकर्ता धर्नामा उत्रिएका छन् । आइतबारदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विभिन्न ६ बुँदे माग राखेर उनीहरू धर्नामा बसेका हुन् ।
पार्टीमा छलफल नगरी दर्ता गरिएको क्रियाशील सदस्यता खारेज हुनु पर्ने, पुराना क्रियाशील सदस्यता नवीकरण हुनु पर्ने, विधानअनुसार नयाँ क्रियाशील सदस्यता तत्काल वितरण गर्नु पर्ने, वडा समितिको सिफारिसबिना गरिएका क्रियाशील सदस्यता खारेज गर्नु पर्नेलगायतका माग राखिएको छ ।
नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारले धर्नामा चार वटै निर्वाचन क्षेत्रका नेता कार्यकर्ता सहभागी रहेको जानकारी दिए । उनले बारामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको बताए ।
सम्बन्धित
















कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट
वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
प्रतिक्रिया