एमाले स्थायी कमिटी बैठक भोलि साँझसम्म स्थगित

काठमाडौं । सत्तासिन दल नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि साँझसम्म स्थगित भएको छ । आज ४ बजेका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका थिए ।
एमालेभित्रको आन्तरिक विवाद मिलाउन कार्यदल दिनभर बैठकमा बसे पनि खास सहमति आउन नसकेपछि आजलाई बोलाइएको स्थायी कमिटी बैठक भोलि साँझसम्म स्थगित भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । ‘भोलि साँझ सम्म बैठक स्थगित गरिएको छ,’ उनले भने ।
कार्यदलले सहमतिको ठोस प्रस्ताव तयार पार्ने र त्यसलाई स्थायी कमिटीले अनुमोदन गरेर एमालेभित्रको विवाद अन्त्य गर्ने नेताहरूको तयारी थियो । तर, कार्यदलले अबेरसम्म सहमति हुने गरी केही ठोस निणर्णय बाहिर नल्याएकाले बैठक स्थगित गरेर भोलिका लागि बोलाइएको हो ।
बैठक अब भोलि सर्वोच्चले प्रतिनिधिसभा निर्वाचनका विषयमा दिने निर्णयपछि मात्र बस्ने तयारी छ
















पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल
प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया