जसपा खारेजीको मागसहित सर्वोच्चमा रिट दायर
मेरोन्यूज
२०७८ असार २७ गते १९:३४

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बीच एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भई बनेको जसपा खारेज गर्न माग गर्दै अदालतमा रिट परेको हो ।
तत्कालीन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले पार्टी एकतादेखि त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुनविपरीत भन्दै उक्त एकता खारेज गर्न माग गरेका हुन् ।
रिटमा मुद्दा टुंगो नलाग्दासम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर, कार्य विभाजनलगायतलाई यथास्थितिमा राख्न माग गरेको छ ।
निर्वाचन आयोगमा २०७७ असार ९ गते जसपा दर्ता हुँदा राष्ट्रिय जनता पार्टीको प्रतिनिधित्व नगराइएको, राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण हुँदा भएको सम्झौता बमोजिम केन्द्रीय कार्यसमितिमा जनशक्ति पार्टीको प्रतिनिधित्व नभएको रिटमा उल्लेख गरिएको छ ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया